सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते



विराटनगर।

सुनसरीमा गोली प्रहार हुँदा एक जना घाइते भएका छन्।

मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको हो। धरान-इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरी लुटपाट भएको प्रहरी जनाएको छ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ। गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ। प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ।

सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्