सशस्त्र प्रहरीलद्वारा चोरीपैठारीको विभिन्न सामानसहित दुईवटा ट्रक नियन्त्रणमा



पर्सा।

जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित भन्सार गेटबाट बिहीबार सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानबरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, मोवाईल पार्टस्, हार्डवेयर तथा किराना सामान प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजले बरामद गरेको हो।

बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।

यस्तै  सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टको सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट बिहीबार प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो।

यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट बिहीबार बिओपी श्रीपुर र राजश्व अनुसन्धान कार्यालयले
जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यकअनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्