खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको प्रतिवेदन सार्वजनिक  शुभारम्भले भन्यो- ‘हाम्रो उत्पादन गुणस्तरीय छ’



काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले काभ्रेका विभिन्न स्थानमा उत्पादन तथा विक्री भएका सामानहरुको अनुगमन गरेको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा काभ्रेपलाञ्चोक लगायत विभिन्न जिल्लाका उद्योगहरुद्वारा उत्पादित सामाग्रीहरु न्यून गुणस्तर भएको, दुषित देखिएको तथा अनुज्ञापत्र समेत नलिई विक्री वितरण र उत्पादन गरेको उल्लेख गरिएको छ । केहि उद्योगलाई जिल्लामा र केहिलाई सम्वन्धित जिल्लामा मुद्दाका लागि मिसिल पठाईएको छ ।
जिल्लामा दर्ता भएको मुद्दाका सन्र्दभमा शुभारम्भ डेरी एण्ड एग्रो भेट रिसर्च प्रा.लीले आफ्नो उत्पादनमा गुणस्तर कायम भएको दावी गरेको छ । विज्ञप्तीमा भनिएको छ– ‘यस उद्योगबाट उत्पादित तथा विक्री भएका कुनै पनि सामानहरु अखाद्य छैनन । यस उद्योगको खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट भएको अनुगमनका क्रममा कम्पनीबाट उत्पादित प्याकेट दुधमा फ्याटको मात्रा केहि न्युन  भई २०७९ बैशाख ३ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले कम गुणस्तरको सामान उत्पादन गरेको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २०७९ साउन ४ गते मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको अन्तिम फैसला २०८० बैशाख २० गते भईसकेको छ । शुभारम्भ डेरीले सामान उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरेको र आगामी दिनमा पनि नगर्ने प्रतिबद्घता ब्यक्त गर्दर्छाै । ‘गुणस्तरिय सामानको उत्पादन र बिक्री बितरणमा उपभोक्ताको हितमा सधै तत्पर रहने प्रतिवद्धता ब्यक्त गर्दर्छाै’–प्रवन्ध संचालक रामेश्वर बानियाँद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘मुद्दा दर्ता भई फैसला हुँदा समेत उद्योगले उपभोक्तालाई अहित हुने कार्य गरेको उल्लेख छैन । न्यून गुणस्तर र अखाद्य फरक फरक विषय भएकाले भ्रममा नपर्न अनुरोध गर्दर्छाै ।’
बनेपा ८ मा रहेको शुभारम्भ डेरी एण्ड एग्रोभेट रिसर्च प्राली लगायत बटरफ्लाई फ्रुट क्यानिङ्ग कम्पनी, बत्तिसपुलती, काठमाडौबाट उत्पादित ‘मिक्स पिकल’, तुलसीपुर दाङमा रहेको स्वर्गद्धारी वि कन्र्सन प्रालीद्वारा उत्पादित मह, ललितपुर ठेचेमा रहेको सगुन ओइल एण्ड घी प्याकिङ्ग इन्ड्रस्ट्रिज प्रालीले उत्पादन गरेको तोरीको तेल, मनोहरा १४, काठमाडौमा रहेको बद्रिनाथ घि प्याकिङ उद्योगबाट उत्पादित बेकरी सर्टेनिङ्ग, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्राली विरगंजबाट उत्पादित बनस्पती घ्यू, पतञ्जली आयुर्वेद प्राली बाराले उत्पादन गरेको मह न्यून गुणस्तर भएको प्रमाणित भएसँगै सम्वन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । दाना पदार्थ, दुग्ध पदार्थ र होटल ब्यवसायमा गरिएको अनुगमन र त्यहाँबाट संकलित खाद्य सामाग्रीको नमुनाका आधारमा जिल्ला बाहिरका ६ उद्योगबाट उतपादिन सामाग्री पनि मापदण्ड विपरित रहेको पुष्टी भएको थियो ।
विभिन्न समयमा भएको अनुगमनका क्रममा उक्त डेरी मार्फत विक्री वितरण हुने सामाग्री न्यून गुणस्तरको भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । जिल्ला स्तरीय समिक्षा कार्यक्रममा कार्यालयको तर्फबाट कार्यालय प्रमुख मनिषा चापागाईले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७९÷२०८० मा जिल्ला अदालतमा उक्त डेरी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उल्लेख छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपभोक्तालाई न्यून स्तरको दुग्ध सम्वन्धी खाद्य पदार्थ विक्री वितरण गरेको अभियोगमा कारवाहीका लागि २०७९ साउन ४ गते मुद्दा दर्ता गरिएको उहाँले बताउनु भयो । सोहि अािर्थक वर्षको अन्त्यसम्ममा ५४ किसिमका खाद्य बस्तु जफत गरी नष्ट गरिएको चापागाईले बताउनु भयो । १३ वटा उद्योगहरु अनुज्ञापत्रको दायरा भित्र आएका थिए भने अनुज्ञापत्र नलिईकन संचालन भएका केहि उद्योगहरुलाई कारवाही गरिएको उहाँले बताउनु भयो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा अनुज्ञापत्र नलिई उद्योग संचालन गरेको अभियोगमा बनेपा ६ मा रहेको तिमल्सिना प्याकेजिङ्ग एण्ड फुड प्रोडक्स प्रालीलाई कारवाही गरेको थियो । चिया विक्री वितरणका लागि अनुज्ञापत्र नलिएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । त्यस्तै अदालतमा बनेपा ८ मा रहेको चण्डेश्वरी स्पेशल ताजा गुदपाक भण्डारलाई पनि अनुज्ञापत्र नलिएकोमा मुद्दा दायर गरिएको थियो । गाई भैसीको मास दानामा प्रयोग गरिने सामाग्री र उत्पादित दाना दुषित भएको उल्लेख गर्दै जेएम दाना उद्योग बनेपा ८ लाई पनि मुद्दा दर्ता गरिएको थियो ।
विना लेवल खाद्य पदार्थ विक्री गरेको अभियोगमा बनेपा ८ मा रहेको इभर फ्रेस बेकरी विरुद्ध पनि मुद्दा दायर गरिएको थियो । प्रशोधित सुर्यमुखी तेल, दही, चिया, मिक्स मसला र पुष्टकारीको प्रतिकुल नमुनाको विवरण संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्