आदेश आयो बजेट आएन

एकै ठाउँमा दुईपुल सारिएन बुढीगंगा बेलिब्रिज



बाजुरा ।

साफे मार्तडी सडकखण्ड अन्तरगतको जडाङ्गमा पक्की पुल बनेपछि सो ठाउँको बेलिब्रिज बेकामे भएको छ । सदरमुकाम मार्तडी –कोल्टी,कवाडी सडक अन्तरगत अनाई खोला र दानसांगुमा पुल छैनन्। पुल नहुँदा सदरमुकाम मार्तडी विमानस्थल कोल्टी ,लैफु कवाडीसँगको सडक सञ्जाल गत असारदेखि अवरुद्ध छ ।

अनाई खोलामा पुल नहुँदा आवागमनका साथै सामान ढुवानी गर्न असहज भएको छ। व्यापारी लगायत सर्वसाधारणले दैनिक चार पाँच घण्टा हिँड्नु पर्ने बाध्यता छ उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देबबहादुर रोकायाको भनाई छ । अनाईमा पुल नहुँदा अनाई पारी लैजाने मोटर बाइक जीव मार्तडीमै अलपत्र छन् आफूले पैदल हिँड्नु परेको स्थानीय बेद प्रकाश जोशीको दुखेसो गरेका छन् ।

कोल्टी कवाडी राष्ट्रिय राजमार्ग अन्तरगत पक्की पुल निर्माण नहुँदा सम्म बेलीव्रिज निर्माण गरी आवागमन सहज पार्ने उद्देश्यले लामो प्रयासका बावजुत जडाङ्गास्थित बुढिगंगा नदीमा बेल ब्रिज निर्माण गरिएको हो । पहिलो बेलिव्रिज बाढीले बगाए पछि दोस्रो पटक निर्माण गरिएको थियो । पक्की पुल र बेल ब्रिज सँगसँगै निर्माण सम्पन्न भएका थिए ।

गत पुसमा जडाङ्गाको बुढिगंगा नदीमा पक्की पुल बनिसकेको छ । उक्त पुल प्रयोगमा आउने वित्तिकै एक मिनेट पनि बेल ब्रिज राख्न पाइँदैन । बाजुरामा बुढिगंगाको बेल ब्रिज सार्न संघ र प्रदेशबाट निर्णय सहित तोकादेश त आएको छ। तर बजेट भने हाल सम्म आएको छैन । यद्येपी न त नयाँ दुई वटा बेल ब्रिज निर्माण गर्ने बजेट आयो न जडा जडाङ्गाको बेल ब्रिज सार्न बजेट आयो । सडक विभाग साँफेबगरका प्रमुख विश्वासबाबु देवले भन्नु भयो । नियमानुसार राष्ट्रिय राजमार्ग अन्तरगतका सडक खण्डमा केही समयका लागि बेलीव्रिज जोडिने हो ।

साफे मार्तडी सडक खण्ड मात्र राष्ट्रिय राजमार्ग संघीय सरकार अन्तरगत पर्दछ । तर ग्रामीण सडक अन्तरगतका खोलामा जोड्ने निर्णय आएको छ। संघले फलाम किनिदिने र प्रदेश सरकारले फिटिङ्ग चार्ज बेहोर्ने उल्लेख छ । तर बजेट कतै बाट आएको छैन। एउटा वेलिव्रिज जडान गर्न कम्तीमा दुई करोड रुपैंया खर्च लाग्छ । मार्तडी कोल्टी सडक सञ्चालन गर्न अनाई खोलामा बेलिव्रिज जडान गर्न आवश्यक छ । रकम नहुँदा भएको बेलिव्रिज पनि स्थानान्तरण गर्न नसेकोमा उहाँले दुखेसो गर्नु भयो ।

सुदूरपश्चिम प्रदेश अर्थ मन्त्री नरेश बहादुर शाहीको पहलमा बाजुराका भौनेरा, अनाई खोला र दानसांगु लगायत तिन ठाउँमा बेलीब्रिज बन्ने भनी तोकादेशसहित दुईचार दिन सामाजिक सञ्जालमा आयो । मन्त्री शाहीको वाहाई पनि गरियो । तर कार्यान्वयनमा भने असारमा सम्पन्न गर्ने विलिब्रिज साउन लागि सक्यो कुनै सुरसार छैन । नत गतको बजेटमा थियो ,न यस आर्थिक वर्षको बजेटमा समावेश गरियो ।

मन्त्री शाहीका सल्लाहकार निरवहादुर शाही भने प्रदेश देखि संघसम्म प्रयास गरेको संघीय सरकारसँग अनुरोध ग¥यौं , बेलिव्रिज व्यवस्थापनका लागि निर्णय पनि भयो तर सम्बन्धित मन्त्रालयले बजेट नछुट्याउँदा  मन्त्रीको दोष नभएको बताउनु हुन्छ । स्मरण छ तत्कालिन समयमा बाजुरा बेलिव्रिज निर्माणका लागि बाजुरेली जनताले नारा जुलुस जिल्ला प्रशासन कार्यालयमा आगजनी गरेका थिए । जनदवावकै कारण जडाङ्गामा बेलिव्रिज निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्