नेकका पूर्व विद्यार्थी इन्जिनियर सम्मानित



काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्रकुमार देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका छन् ।

कलेजको स्नातकोत्तर कार्यक्रम निर्माण व्यवस्थापनमा सन् २०१३ देखि २०१५ सम्म अध्ययन गरेका इन्जिनियर देवलाई ६१ औं इन्जिनियर दिवसमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।

इन्जिनियर देवले पुयाएको योगदानको कदर, नेपालको दुर्गम क्षेत्रमा ग्रामीण पूर्वाधार विकासमार्फत जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याउन सफल इन्जिनियर देवलको विशेष योगदान तथा उनको विशिष्ट कार्यले ग्रामीण जनताको समर्पणमा अरूलाई पनि प्रेरणा दिएकोले सोको उच्चतम् मूल्याङ्कन गरी उक्त पुरस्कार प्रदान गरिएको थियो ।

नेपाल इन्जिनियरिङ कलेजबाट निर्माण व्यवस्थापन कार्यक्रममा स्नातकोत्तर तह उत्तीर्ण गरेका अन्य विद्यार्थीहरूले पनि देश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू र विश्वविद्यालय तथा शोध केन्द्रहरूमा उल्लेखनीय योगदान दिइरहेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

कलेजमा सञ्चालित निर्माण व्यवस्थापन कार्यक्रममा यस वर्षको भर्ना कार्यक्रममा पनि पोखरा विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका सर्वोच्च अंक प्राप्त गरेका सबै विद्यार्थीहरू स्वीकृत सिट संख्या अनुसार नेकलाई प्रथम रोजाइमा राखेर भर्ना भएका थिए ।

निर्माण व्यवस्थापन कार्यक्रम अध्ययन गर्न चाहने नेपालका इन्जिनियरहरूमा नेपाल इन्जिनियरिङ कलेज सर्वाधिक लोकप्रिय भएको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्