सीडीएस डिम्याट खातामा रहेका धितोपत्र रोक्का हुने


काठमाडौं ।

सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ ।

सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको छ ।

त्यसैले लगानीकर्ताले धितोपत्र बेच्नु भन्दा अघि उक्त धितोपत्र बिक्री गर्न योग्य रहेको यकिन गर्न सीडीएसले अनुरोध गरेको हो । मेरो सेयरको ‘माई सेयर’ पेजमा देखिने धितोपत्रको अवस्था मध्ये फ्रि ब्यालेन्समा रहेको परिमाणको धितोपत्र मात्र बिक्री गर्न योग्य रहेको जनाएको छ ।

नयाँ आर्थिक वर्ष लागेसँगै डिम्याट खाता नविकरण गर्नु पर्ने हुन्छ । यदि उक्त खाता नविकरण गरिएको छैन भने यस्तै समस्या देखिने गर्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।