प्रकाश सपूतकाे ‘दमाई महाराज’ भाेलि सार्वजनिक हुँदै


काठमाडौं ।

गायक प्रकाश सपूतकाे ‘दमाई महाराज’ बोलको भाेलि सार्वजनिक  हुने भएकाे छ । गीतको पोस्टरमा सपूत शिवजीको अवतारमा देखिएका छन् ।

घाँटीमा र हातमा रुद्राक्षको माला लगाएका सपूत गेरु वस्त्रमा देखिएका छन् भने कपाल लामो पालेका छन् । फेसबुकमा पोस्टर सार्वजनिक गर्दै सपूतले लेखेका छन्, ‘विश्वास छ, यो गीतले हाम्रो मन भुलाउन सहयोग गर्नेछ । र विश्वास यो पनि छ, यो भिडियोले हाम्रो विभेदकारी अन्धविश्वास लाई चिर्न सहयोग गर्ने छ ।’

‘दमाई महाराज’मा सपूतकै शब्द तथा संगीत रहेको छ भने स्वरमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । म्युजिक भिडियोको निर्देशन पनि सपूतकै रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।