रास्वपा सांसद गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’  जितेकी छन् ।

बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्षभित्रका ५ राजनीतिक नेताहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

यसपटक सांसद गौतमसहित क्यानाडाकी सांसद आरियल कायाबागा, अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्यकी सांसद आयोर माकुर चुओट, न्यु जिल्याण्डको फार नर्थ डिस्ट्रिक्टका मेयर मोको टेपानिया र बेल्जियमका सांसद स्यामुएल कोगोलातीले यो अवार्ड प्राप्त गरेका छन् ।

विजेताहरुलाई आगामी अक्टोबर महिनामा आयरल्याण्डको बेल्फास्टमा आयोजना हुने ‘वान योङ वर्ल्ड समिट’ मा पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्