फोहोर ढुवानी गर्न कामपाले पठायाे पाँच ट्रक ल्याण्डफिल साइटमा



काठमाडौं ।

उपत्यकाको फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल चलिरहँदा काठमाडौं महानगरपालिकाले बञ्चरेडाडा ल्याण्डफिल साइटमा थुप्रिएको फोहोर ग्याबिङ गर्न पाँच वटा गाडी ल्याण्डफिल साइट पठाएको छ । आज बिहीबारबाट फोहोर बिसर्जन गर्ने योजनासहित कामपाले फोहोर ढुवानी गर्ने पाँच वटा ट्रक ल्याण्डफिल साइट पठाएको हो ।

फोहोर रोकेका अति प्रभावित क्षेत्रका जनप्रतिनिधि र सहरी विकास मन्त्रालयबिच वार्ता भइरहेको अवस्थामा कामपाले फोहोर ग्याबिङ गर्ने सवारी साधन बन्चरे पठाएको हो ।

बन्चरेका स्थानीयले ती सवारी साधनलाई ल्याण्डफिल साइट जान खुला गरे आजबाट फोहोर ओसार्ने तयारी कामपाले गरेको छ । स्थानीयले फोहोरलाई दुर्गन्धरहित र सो क्षेत्रको जग्गा अधिग्रहण नगरेसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान राखेका छन् । १ गतेबाट फोहोर रोकेर बाटो अवरोध गरेका स्थानीयले तत्काल माग पुरा गर्न सरकारसँग आग्रह गरेको छ ।

बञ्चरे ल्याण्डफिल साइट परियोजना प्रमुख रविन्द्र बोहरासहितको सहरी विकास विभागको टोली र स्थानीयबिच वार्ता भइरहेको छ । वार्ता गरेर मात्र समस्या समाधान हुन नसक्ने अडान राख्दै स्थानीय नेता विश्वासले भन्नुभयो–वातावरणीय परीक्षण गर्ने टोली पठाएर तत्काल अध्ययन गर्ने र फोहोरलाई दुर्गन्ध रहित बनाउने वातावरण नभएसम्म फोहोर व्यवस्थापन हुन नसक्ने अडान राख्नुभयो ।

भन्नुभयो–पहिला हप्तौँ देखिको फोहोर पुर्नुप¥यो, त्यसपछिमात्र व्यवस्थित रुपमा व्यवस्थापन गरेर स्थानीयको माग पुरा गर्नुप¥यो । उहाँले अब पनि आश्वासन दिएर मात्र फोहोर व्यवस्थापन गर्छु भन्ने विषय कुनै हालतमा मान्य नहुने उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्