साँगामा बस दुर्घटना हुँदा ५ जना घाइते



काठमाडौं ।

सूर्यविनायक नगरपालिका-९ स्थित साँगामा बस दुर्घटना भएको छ । काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो ३स्१५ बजेतिर साँगाको पुलमुनि भिरबाट अन्दाजी २५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।  घाइते पाँचै जनालाई उपचारका लागि भक्तपुरस्थित मध्यपुर अस्पताल पठाइएको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर देखिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए । उनका अनुसार, गाडीमा १५ जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस्