यूएईविरुद्ध नेपाल ३ विकेटले विजयी



काठमाडौं

एसिसी इमर्जिङ टिम्स एसिया कपमा बुधबार भइरहेको खेलमा नेपालले युएई ‘ए’ लाई ३ विकेटले जितेको छ।

नेपाललाई जिताउन कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले बलिङमा ६ विकेट लिए भने आक्रामक ब्याटिङ गर्दै ७१ रन बनाए ।

श्रीलंकामा जारी खेलमा नेपालले ओभरमा ६ विकेट गुमाएर १५८ रनको सामान्य लक्ष्य पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सवार्धिक ७१ रनको योगदान दिए । त्यस्तै देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । यस्तै गुल्शन झाले ११ रन बनाए ।

नेपालको लागि लागि रोहित पौडेलले ९ रन रन बनाए । त्यस्तै पवन सरार्फले नकआउट शून्य रनमा आउट भए । कुशल मल्लले अभिजित २ रन बनाए । त्यस्तै प्रतिश जिसिले ८ रन बनाए ।

ओपनर अर्जुन साउद शून्य रनमा आउट भए । यस्तै बलिङतर्फ युएईका मोहमद फराजुद्धिनले २७ रनलिएर ५ विकेट लिए । मोहम्मद जगदुलाले ४९ लिएर २ विकेट लिए ।

नेपालको बलिङतर्फ पार्ट टाइम बलर कुशलले अविश्वसनीय बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिएका छन् ।स्पिनर मौसन ढकालले ९ ओभर बलिङ गर्दा ४४ रनको खर्चमा २ विकेट लिए । कुशल मल्ल र पवन सरार्फले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्