महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक


कञ्चनपुर। 

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  पानीको बहाव बढेपछि मंगलबार बिहान ११ बजेदेखि चार पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ पानीको बहाव १ लाख ४३ हजार ६९८ क्युसेक पुगेको छ। बिहान पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेपछि चार पाङ्ग्रे सवारी साधन आवागमन बन्द गरिएको थियो।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै जोखिम हुने भन्दै चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।