प्रभावित दुई स्थानीय तहलाई वार्षिक १५ करोड आर्थिक सहयोग



काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटको फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको काठमाडौं महानगरपालिकाले फोहोरमैलाबाट अति प्रभावित धुनिबेंसी नगरपालिका र ककनी गाउँपालिका गरी दुई स्थानीय तहलाई वार्षिक करिब १६ करोड रुपियाँभन्दा बढी सहयोग गर्ने गरेको छ ।

फोहोरमैलाको शुल्क उठाउने निर्णय गरेको ककनी गाउँपालिकाले त विभिन्न स्थानीय तहबाट थप सहयोग लिने गरेको छ । काठमाडौं महानगरपालिकाले दुई स्थानीय तहलाई शिक्षकको दरबन्दी थप गर्न र उनीहरूलाई तलब सुविधाका लागि वार्षिक ३ करोड रुपियाँ खर्च गर्ने गरेको छ ।

पूर्वाधारमा ३ करोडभन्दा बढी, स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र अन्य कर्मचारीको तलब, एम्बुलेन्स सञ्चालन र व्यवस्थापन, औषधि खरिदलगायत शीर्षकमा ३ करोड, स्वास्थ्य बिमावापत ३ करोड, दुई स्थानीय तहका जनतालाई रोजगारी दिएवापत उनीहरूको तलबमा करिब २ करोड, सो क्षेत्रमा दुर्घटनामा परी ज्यान गुमाएका परिवारको छोराछोरीलाई छात्रवृतिवापत करिब ५ लाख रुपियाँ वराबारको छात्रवृति उपलब्ध गराउने गरेको छ ।

त्यसबाहेक सामाजिक उत्तरदायीत्वअन्तर्गत विभिन्न समयमा विभिन्न कार्यक्रम आयोजना गर्दा केही रकम खर्च गर्ने गरेको छ । कामपाले मात्रै वार्षिक करिब १५ करोडभन्दा बढी रकम खर्च गरेको छ । त्यसबाहेक माग गरेअनुसार १७ स्थानीय तहमध्ये केही ठुला नगरपालिकाले समेत सहयोग जारी राखेको छ ।

अघिल्लो वर्ष टोखाले ककनी गाउँपालिकालाई ५ लाख रुपियाँ सहयोग गरेको थियो । कामपाले दुई स्थानीय तहमा बसोवास गर्नेलाई लाखौं रुपियाँ खर्च गरिसकेको कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्