पहिरोले सडक भत्किएपछि केदारनाथकाे तीर्थयात्रामा राेक


काठमाडाैं  ।

उत्तराखण्डमा लगातारको मुसलधारे वर्षाका कारण पहिरोले सडक भत्किएको छ । जसका कारण सवारी आवागमन नराम्ररी प्रभावित भएको छ । यसैबीच, मौसम विभागले उत्तराखण्डमा वर्षाको प्रक्रिया जारी रहने जानकारी दिएको छ।

यस्तो अवस्थामा फेरि केदारनाथ यात्रा रोक्ने निर्णय गरिएको छ । लगातारको खराब मौसमका कारण यात्रुको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले केदारनाथ धाम जाने यात्रुलाई सोनप्रयाग र गौरीकुण्डमा रोक लगाएको छ । अविरल वर्षाका कारण ४ राज्य सडक र १० वटा लिंक सडक अवरुद्ध भएका छन् । भारी वर्षाका कारण मंदाकिनी र अलकनंदा नदीको बहाव बढेको अधिकारीहरूले बताएका छन् ।

भारत मौसम विभाग(IMD) ले सोमबार उत्तराखण्डमा भारी वर्षाको बीचमा जुलाई १२ को लागि एलो अलर्ट जारी गरी चेतावनी दिएको छ। आईएमडीले एक ट्वीटमा सूचित गरेको छ कि जुलाई १२ मा उत्तराखण्ड र आसपासका क्षेत्रहरू र पश्चिमी उत्तर प्रदेशमा भारी देखि धेरै भारी वर्षा ९११५।६ देखि २०४।४ मिमी० को सम्भावना रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।