फल्टुडेमा कुखुरा बोकेको गाडी दुर्घटना


धनगढी ।

कैलालीको फल्टुडेमा कुखुराका चल्ला र दाना बोकेको गाडी (बोलेरो जिप) दुर्घटनामा परेको छ ।

धनगढीबाट दिपायल–सिलगढी नगरपालिकाको पिपल्ला जाँदै गरेको से १ प ६१५६७ नम्बरको जिप फल्टुडेमा दुर्घटना भएको हो । कालासैन सप्लायर्सको दाना र चल्ला बोकेको जिप दुर्घटनामा परेको  सप्लायर्सका सञ्चालक वीरेन्द्र पार्कीले बताए । उनका अनुसार जिप दुर्घटना हुँदा दुई हजार चल्ला मरेका छन् भने दाना काम नलाग्ने भएको छ ।

चल्ला र दानासहित करिब तीन लाखसम्मको नोक्सान भएको उनले बताए। जिप चालक शिरिष खड्का फरार रहेको उनको भनाई छ । जिप नालिमा खसेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।