जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


रोल्पा।

रोल्पा नगरपालिका-४ लिबाङ डेरा गरी बस्ने ४४ वर्षीय सन्तोष सुनारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ३३ वर्षीय कौशल खत्री समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार २ सय ४५ रूपैयाँ र तास १ सय ६५ पिससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।