रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा खनाल



ललितपुर । 

 रोटरी क्लब अफ सैबु भैंसेपाटीको अध्यक्षमा पीताम्बर खनाल चयन हुनुभएको छ ।  सन् २०२३/२०२४ को लागि खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । क्लबको उपाध्यक्षमा सरद रञ्जित, प्रेसिडेन्ट इलेक्टमा सिंहराज थापा, प्रेसिडेन्ट नोमिनिमा विजयराज डंगोल चयन हुनुभएको छ ।

 एकवर्षे कार्यकालको लागि चयन भएको कार्यसमितिको इमिडेट पास्र्ट प्रेसिडेन्ट विकास न्यौपाने, चार्टर प्रेसिडेन्टमा डा. वासुदेव पाण्डे, एक्टिङ सेक्रेटरीमा करणवीर थापाक्षेत्री, कोषाध्यक्ष र सर्भिस प्रोजेक्टको अध्यक्षमा मदन महत, कोषाध्यक्षमा पुष्पा वेल्वासे, सर्जेन्ट एट आर्मसमा राम अधिकारी, क्लब ट्रेनरमा लालबहादुर चन्द, एडमिन चियरमा शिवगोपाल थापा, सर्भिस प्रोजेक्ट को–चियरमा एमएस काप्री चयन हुनुभएको छ ।

 कार्यसमितिको रोटरी फाउन्डेसन चियरमा निर्मला वस्ताकोटी, पब्लिक रिलेसन चियरमा ईश्वर जिसि, मेम्बरसिप चियरमा मदन मलेकु र एक्जुकेटिभ सेक्रेटरीमा सुभेच्क्षा कोइराला चयन हुनुभएको छ ।

अध्यक्षमा चयन भएपछिको पहिलो बैठकमा बोल्दै अध्यक्ष खनालले रोटरी क्लब भैसेपाटीलाई नमुनाको क्लब बनाउने प्रतिबद्धता जनाउनुभयो ।  उहाँले भन्नुभयो–सबैको साथ र सहयोगमा क्लबको एक वर्षे कार्यकाललाई अघि बढाउनेछु । उहाँले  एक वर्षको अवधिमा  शिक्षा, स्वास्थ्य, खानेपानी, साक्षरता, वातावरण लगायतका क्षेत्रमा विभिन्न नयाँ  योजना अघि बढाउने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा समाजसेवाप्रति समर्पित रोटरी क्लब अफ भैसेपाटीलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्