विष्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

0
Shares

कैलाली।

विष्फोटक पदार्थसहित कैलाली जिल्लाको कैलारी गाउँपालिका ३ खोनपुरस्थित सीमा ईलाकाबाट बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पार्नेमा ४२ वर्षिय शिवा गुप्ता रहेका छन्।

प्रयोग हुने गन्धकसहित भारत घर बताउने ४२ वर्षिय शिवा गुप्तालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट साईकलमा राखेर अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीब २९ के.जी. ५ सय ग्राम विष्फोटक पदार्थ गन्धकसहित उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले बिहीबार नियन्त्रणमा लिएको हो ।

सुरक्षाजाँचका क्रममा शंकास्पद अवस्थामा देखिएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त पादर्थ फेला परेको हो।

नियन्त्रणमा लिइएका गुप्तालाई बरामद गन्धक तथा साईकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय हसुलियामा बुझाईएको प्रहरीले जनाएको छ ।