कागेश्वरी मनोहराको फर्निचर पसलमा चोरी, एक जना पक्राउ


काठमाडौं ।

कागेश्वरी मनोहरा नगरपालिका भित्रको एक फर्निचर पसलमा दिन दहाडै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरिरहेको अवस्थामा वडा नम्बर ९ काँडाघारीबाट उमेश पदैवा पक्राउ परेको प्रहरीको भनाइ छ ।

बिहिबार दिउँसो काँडाघारीको सनसीटी नजिकै रहेको तामाकोसी फर्निचरमा चोरी गर्दा गर्दै उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

उनको टिममा अन्य दुई जना रहेको र स्थानीयले समात्न खोजेपछि उनीहरू भागेको बताइएको छ । उनीहरूको समूहले घरका धाराका टुटी, साइकल तथा कोठाभित्र पसेर मोबाइल, पैसा, सुनका गहना चोर्ने गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।