बारा।
जिल्लाको निजगढ नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्गको बकैया पुल ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले करीब ८ लाख रुपैयाँ बराबरको
मोवाइलको पिभिसी टेम्पर ग्लास बरामद गरेको छ ।
महोत्तरीबाट काठमाडौंतर्फ गईरहेको ना ५ ख ४७६७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा न्युन बिलबिजक भएको उल्लेखित मूल्य बराबरको (१६ वटा कार्टुन)१६ हजार वटा ग्लास सुरक्षा बेस निजगढले बरामद गरेको हो ।
बरामद ग्लास राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।











प्रतिक्रिया