शंकास्पद बिलबिजक भएको १७ लाख भन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद

0
Shares

काठमाडौं ।

बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजकार्गको बकैया पुल ईलाकाबाट असार २२ गते सशस्त्र प्रहरीले शंकास्पद बिलबिजक भएको १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।

विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले उल्लेखित मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो । बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।