सार्वजनिक सवारी साधनमा यात्रुको रकम चोरी गर्ने चारजना पक्राउ


काठमाडौँ।

सार्वजनिक सवारी साधानमा यात्रुको रकम चोरी गर्ने चारजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीय सञ्जित तामाङ,३३ वर्षीय आइतमान तामाङ,२१ वर्षीय सिवना तामाङ र ५८ वर्षीया मंगल लक्ष्मी श्रेष्ठ रहेका छन् ।

गत मंगलबार (असार १९ गते ) ललितपुर महानगरपालिका-१९ ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर नेपाली रुपैयाँ ९ लाख २३ हजार १५७ चोरी कार्यमा संलग्न सञ्जिव, आइतमान र सविनालाई २ लाख नगद र मोबाइलसहित प्रहरीले पक्राउ गरेको हो।

चोरीको डलर सटही गरिदिने मंगल लक्ष्मी श्रेष्ठलाई ललितपुरको वकुबहालस्थित मनी एक्सचेन्जबाट अमेरिकी डलर २ हजार ८०० सहित पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरूलाई चोरीसम्बन्धी कसूरमा थप आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।