जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु



कञ्चनपुर ।

कृष्णपुर नगरपालिका ५ आमखैयामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर नगरपालिका १ का ५९ वर्षीय अमर साउद रहेका रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा  साउदको मृत्यु भएको हो । बुधबार बिहान साढे ९ बजे बागमती प्रदेश–०१–०२५ च ३६३४ नम्बरको पिकअप जिपले साउद सवार रहेको साइकललाई ठक्कर दिएको थियो । जिपसहित चालकलाई इलाका प्रहरी कार्यालय गुलरीयाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्