२५ लाखभन्दा बढि मूल्यको औषधी र कारसहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा



धनुषा । जिल्लाको जनकपुर उपमहानगरपालिका–१२ बर्हविगहाबाट २५ लाखभन्दा बढी मूल्यको औषधी बोकेको कारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

हिजो (मंगलबार) साँझ उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । करीव २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टल औषधी बोकेको कारसहित उनलाई प्रहरीले नियन्त्रण्मा लिएको हो ।

बीआर ३२ एक्यू १२०२ नम्बरको कारमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त मूल्य बराबरको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेस जनकपुरधामले नियन्त्रणमा लिएको हो ।

भारत घर बताउने २९ ववर्षीय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको औषधी तथा कारसहित आवश्यक कारबाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्