१९० किलो गाँजासहित हेटौंडाबाट १२ जना पक्राउ



हेटौंडा ।

मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई  गरी १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सवारी जाँचको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट छुट्टाछुट्टै सवारी साधनबाट १९० किलो गाँजासहित त्यसमा संलग्नलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५ च ३३८४ नम्बरको कार र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि सुरक्षा जाँच गर्दा रातोमाटे चेकपोष्टमा ४७ किलो गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला वीरगंज महानगरपालिका-१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजा कुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका-१४ का ३९ वर्षीय विनोद पासवान रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, डीएल १ जीसी ३०३५ नम्वरको ईण्डियन ट्रक चालक देश भारतको मोतिहारी जिल्ला गोबिन्द बारा बस्ने ६५ वर्षीय लालबहादुर सहनी, डीएल १२ सीए ०५७८ नम्वरको स्कारपियोमा सवार पर्साको वीरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीय सन्तोस गुप्ता, बाराको बिश्रामपुर गाउँपालिका वडा नम्वर–४ बस्ने २४ वर्षीय सुरज साह, २१ वर्षीय गौतम कुमार साह, पर्साको छिपहरमाई गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र २८ वर्षीय रमेश यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्