तेह्रथुम।
आठराई गाउँपालिका-१ संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत ७ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ९३ हजार ५ सय ६ नेपाली रूपैयाँ र ८ हजार ३ सय ४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया