इमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको इमाडोल बस्ने वर्ष ४२ का  प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।

उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इमाडोलबाटै पक्राउ गरेको प्रहरीको भनाइ छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।