भकारी परियोजनाले ल्यायो विपन्न नागरिकको जनजीवनमा परिवर्तन



कालिकोट । जिल्लाका पाँचवटा स्थानीय तहमा सञ्चालन भइरहेको ३ वर्षे भकारी परियोजनावाट स्थानीय समुदायमा रहेका विपन्न गरिबीको रेखामुनी रहेका नागरिकहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ ।

खाँडाचक्र, तिलागुफा तिलागुफा नगरपािलका, महावै, शुभकालिका र नरहरिनाथ गाउँपालिकामा सञ्चालन भइरहेको भकारी कार्यक्रमले यहाँका नागरिकहरुको जनजिवनमा उल्लेखनीय परिवर्तन ल्याएको महवै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले वताउनु भयो । उहाँले परियोजनाको आवश्यकता अझै रहेता पनि बहिर्गमन हुनुले समुदायएमा निरासा छाएको हुनाले पुनः कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

युएसयआइडिको आर्थिक सहयोग, मर्सीको नेपालको प्रविधिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपालद्वारा यस जिल्लामा सञ्चालित भकारी परियोजना तिन वर्षदेखि बहुक्षेत्रमा काम गर्दै आएको छ ।

यस कार्यक्रमले विपन्न समुदायमा उत्पादनशिल पानी, विपद प्रतिकार्य योजना, कृषि सामाग्री सहयोग, लैङ्गीक समानता तथा समाजाजिक समावेशिकरण, आपतकालिन प्रतिकार्य, कामका लागि नगद, निशर्त नगद, खाद्य समाग्री वितरण, सामाजिक सुरक्षा भत्ता लगाएतका सहयोग गरेको छ । यस्तै प्रकृतिक श्रोत व्यवस्थापनअन्तरर्गत पानीका मुहान संरक्षण, बहुउद्देशिय नर्शरी, एकिकृत सत्रुजीव व्यवस्थापन सिकाइ केन्द्र स्थापनाको लागि पनि आर्थिक प्रविधिक सहयोग गर्दै आएको थियो ।

आपतकालिन सहयोगका क्षेत्रमा तथा भौतिक संरचना निर्माण, समुदायको क्षमता विकासलगायतका क्षेत्रमा भकारी परियोजनाले काम गर्दै आएको मर्सिकोर नेपालका जिल्ला संयोजक शुक्रराज पौडेलले बताउनुभयो ।

कृषक जयप्रसाद पाण्डेले आधुनिक प्रविधिको कृषि खेती गरिहेका छन् । उनले भकारी परियोजनाको सहयोगमा विभिन्न किसिमका तरकारी तथा फलफूल खेती गर्दै आफ्नो जिविकोपार्जन गरेका छन् ।

उनले भकारी परियोजनाले गरेको सहयोगले घरमा रहेको भकारी भरिएजस्तै भएको खानाको जोहो गर्न कठिनाइ नभएको बताए । जयप्रसाद मात्र हैनन् खाँडाचक्र नगरपालिका– ११ का भरतराज भारती पनि अगुवा कृषक हुन् । उनको खेतबारीमा विभिन्न किसिमका तरकारी तथा फलफूलका बिरुवाहरू छन् ।

उनले उत्पादन गरेका विभिन्न फलफूल र तरकारीहरू सदमुकाममा गएर बिक्री गर्छन । उनको खेतमा फलफूल तथा तरकारीका बिरुवा फलेका छन् त कोही फुल्ने तयारीमा छन् । भारतीले फलफूल तथा तरकारी खेतीबाटै आर्थिक जोहो गरिरहेका छन् ।

भकारी परियोजनाले गरेको सहयोगले उनले अहिले पनि ठूलो खेतीको व्यवस्थापन गरेका छन् । पहिले आर्थिक संकट टार्न उनी भारत जान्थे । जब भकारी परियोजनाले विभिन्न किसिमका तालिम दियो, आधुनिक प्रविधिको खेति प्रविधि सिकायो तव कृषि पेशामा चासो बढेको भारतीले बताए ।

खाँडाचक्र नगरपालिकाका ६४६ घरधुरीका परिवारहरू कृषि खेती तथा अन्य व्यवसायमा लागेका छन् । भकारी परियोजनाले गरेको ठूलो सहयोगप्रति आभारी रहेको खाँडाचक्र– ५ का कृषक कमलबहादुर शाहीले बताए । कृषकको हितका क्षेत्रमा काम गर्दै आएको भकारी परियोजना खाँडाचक्र नगरपालिकामा समापन भएको छ ।

विगत तीन वर्ष यता खाँडाचक्र नगरपालिकाका ६४६ घरधुरीमा विभिन्न क्षेत्रमा काम गर्दै आएको भकारी परियोजनाका कार्यक्रमहरू सम्पन्न भएका छन् । ६४६ घरधुरीमा पानी, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक श्रोत व्यवस्थापन, कृषि, खाद्य सुरक्षा, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा भकारी परियोजनाले काम गर्दै आएको थियो ।

आपतकालिन सहयोगका क्षेत्रमा तथा भौतिक संरचना निर्माण, समुदायको क्षमता विकासलगायतका क्षेत्रमा भकारी परियोजनाले काम गर्दै आएको मर्सिकोर नेपालका जिल्ला संयोजक शुक्रराज पौडेलले बताए ।

भकारी परियोजनाले पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षमा नागरिकहरुको मागअनुसार विभिन्न क्षेत्रमा काम गर्दै आएको भकारी परियोजना संयोजक ध्रुव सुनारले बताउनु भयो ।

खाँडाचक्र नगरपालिकामा तीन वर्षसम्म योजनाहरू सुचारू हुँदै गर्दा भौगोलिक कठिनाईका बावजुत पनि नागरिकहरूले संस्थाको सहयोगको कदर गर्दै दिगो टिकाउको काम गरेको प्रशासन तथा लेखा अधिकृत दिपेन्द्र बडुवालले बताए । बडुवालले कुनै पनि योजनामा अनियमितता नगरेको बताउँदै काममा सहजता गरेकोमा खाँडाचक्र नगरवासीहरुलाई धन्यवाद दिनुभयो ।

खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले भकारी परियोजनाले लगाएको यो गुन कहिल्यै नबिर्सने भन्दै सकिन्छ भने पुनः कार्यक्रम थपको अपेक्षा रोखेको बताए । नगरप्रमुख शाहीले हुरेन्डेक नेपालअन्तर्गत भकारी परियोजनाले गरेका क्रियाकलापबाट कृषकहरुको क्षमता विकास भएको, जोखिममा परेका नागरिकहरुको उद्धार भएको, नागरिकहरुले सिपमूलक तालिम सिकेर जिविकोपार्जन गर्न सक्ने बनाएको तथा भौगोलिक कठिनाइका बावजुत पनि दुर्गम क्षेत्रमा खानेपानीको व्यवस्था परियोजनाले गरेकाले सहयोगी संस्थालाई धन्यवाद दिएका छन ।

विपन्न नागरिकमा निरासा पैदा हुन नदिन भकारी परियोजनालाई अर्कै नामवाट भएपनि नयाँ तरिकाले सञ्चालनका लागि पहल गर्ने हुरेन्डेक नेपालका अध्यक्ष जजराज शाहीले वताउनु भयो ।

नगरप्रमुख कमलबहादुर शाहीले नगरपालिकामा भकारी परियोजना सञ्चालन हुँदा नगरवासीले कोभिड महामारिको समयमा पनि राहतको महशुस गरेको वताउनुभयो ।

हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिपकुमार शाहीले हुरेन्डेक नेपाल कालिकोटले विक्रम संवत २०५३ सालदेखि कालिकोटमा काम गर्दै आएको भन्दै हालसम्म विभिन्न संस्थाहरुको सहयोगमा विकास निर्माणका कामदेखि कृषि, विपद् जोखिम न्यूनीकरण तथा समाजमा रहेका विभिन्न हानिकारक अभ्यास न्यूनिकरकणका क्षेत्रमा पनि काम गर्दै आएको बताए ।

शाहीले भकारी परियोजनाले कालिकोट जिल्लाका पाँच स्थानीय तहमा विगत तीन वर्षयता नागरिकको हितका लागि काम गर्दै आएको बताए । खाँडाचक्र नगरपालिकामा भकारी परियोजनाले गरेको काम महत्वपूर्ण र कृषकको हितका लागि रहेको शाहीको भनाइ छ ।

कार्यक्रममा सहभागि वडाध्यक्ष, कार्यपालिका सदस्यहरुले भकारी परियोजनाले नगरपािलकाका विपन्न नागरिकका लागि अति महत्वपूर्ण काम गरेको हुनाले कार्यक्रम पुनः थप गर्न पहल गर्नुमा जोडदिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्