मदन भण्डारी फाउण्डेसनले २ लाख नगद राशिसहिसत २ जनालाई पुरस्कृत गर्दै 



काठमाडौं । 

मदन भण्डारीको ७२ औँ स्मृति दिवसका अवसरमा मदन भण्डारी फाउन्डेसनले स्वास्थ्य र खेल क्षेत्रमा योगदान पुर्‍याउने २ जनालाई पुरस्कृत गर्ने भएको छ ।

ग्रामीण क्षेत्रमा अनवरत रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने वरिष्ठ स्वास्थ्यकर्मी र महिला खेलाडीहरूको क्षेत्रमा स्थानीय, प्रादेशिक,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने २ जनालाई जननेता मदन भण्डारीको योगदानको सम्झनामा मदन भण्डारी फाउन्डेसनले पुरस्कृत हुने व्यक्तित्वको नाम सार्वजनिक गरेको छ ।  दुई जनालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार यही १४ गते प्रदान गर्ने भएको छ ।

मंगलबार गौशालामा फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा गराइएको जानकारी अनुसार विगत ४५ वर्ष देखि स्वास्थ्य सेवाका क्षेत्रमा अनवरत रूपमा संलग्न रही, देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई विशेष प्राथमिकताका साथ मातृ, मृत्युदर घटाउन आधारभूत स्वास्थ्य सेवाको सहजताका लागि अल्ट्रासाउन्ड, टेलिमेडिसिन सेवा, हाड जोर्नी र अपाङ्गता सम्बन्धी निरन्तरता दिनुहुने स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा.मिङमार गेलजेन शेपालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णयका लागि छनोट समितिले सिफारिस गरेको जानकारी गराइयो ।

त्यसै गरी खेलका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याइनुहुने महिला, खेलाडी तथा प्रशिक्षक निरु कुमारी मगरलाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी गराइयो ।  पुरस्कार राशि दुबै जना पुरस्कृत व्यक्तित्वका लागि एक÷एक लाख रुपैयाँ राशि रहेको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी गराउनुभयो ।

२०६८ सालदेखि सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई जननेता मदन भण्डारीको योगदानको स्मरण गर्दै मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रत्येक वर्ष १ जनालाई प्रदान गरिँदै आएको र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०७८ लागु हुने गरी अध्ययन, अनुसन्धान, नवप्रर्वद्र्धनका साथै समाज रूपान्तरण र विकासका क्षेत्रमा महत्त्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई प्रदान गर्दै आएको जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्