भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ



काठमाडौं ।

भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको हो ।

ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि गुरुङलाई  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । यसअघि उनी फरारको सूचीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्