टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



कञ्चनपुर । 

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा मंगलबार टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  टिप्परको ठक्करबाट घाइते भएका स्थानीय ६२ वर्षीय मोतिलाल रानाको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

पुनर्वासबाट धनगढीतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश-०१-००१ क २२०० नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको से ४ प २२७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारीसाधन र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्