जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ



कञ्चनपुर।

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने ४६ वर्षीय हरकसिंह महरालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खुट्टाको समस्याको कारण उपचार गर्न गएको बेलामा ती महिलालाई महराले आफ्नै मेडिकलमा जबरजस्ती करणी र कुटपिट समेत गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्