जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ



काठमाडौं ।

जापान पठाईदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिकावडा-८ बिजौरी स्थायी घर भई हाल तिनकुने बस्ने २७ वर्षीय सुवास चौधरी रहेका छन् । उनले शंकर घिमिरेलाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी रकम लिएको प्रहरीले बताएको छ ।

घिमिरेले वैदेशिक रोजगार विभागमा  उपस्थित गराइदिन हुन भनी पत्राचार गरेका थिए  ।

  उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले  सुवास चौधरीलाई खोजतलास गर्ने क्रममा शुक्रबार सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्