अनलाईनमार्फत ठगी गर्ने एक महिला पक्राउ



काठमाडौं ।

सामान पार्सल गरि पठाई दिन्छु भनी अनलाईमार्फत ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर गोदावरी नगरपालिका वडा-८ बस्ने ४० वर्षीय चण्डिका पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

पोखरेलले सामाजिक सन्जाल फेसबुक, मेसेन्जर, ह्वाट्सवमार्फत गिफ्ट, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई दिएको छु भनी पिडितलाई प्रलोभनमा पारी ह्वाटसवमार्फत ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा आठ लाख चालिस हजार रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेका प्रहरीले जनाएको छ । पोखरेललाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारवाहीको लागी ललितपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्