लागूऔषधसहित ६ जना पक्राउ



काठमाडाै‌ं ।

देशका विभिन्न स्थानबाट ६ जना लागुऔषधसहित पक्राउ परेका छन् । बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९८ ग्राम २ सय ८० मिलिग्रामसहित भारत बहराईच बलेगाउँ बस्ने २५ वर्षीय मनोज कुमार थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मैनापोखर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ  पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २७ वर्षीय बिष्णु विष्ट र सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया आस्मा श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धादिङकाे गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा २ केजी ५ सय ग्रामसहित गजुरी गाउँपालिका-४ अदुवाबारी बस्ने २५ वर्षीय शंकर मिजारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ९ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ तलकोट गाउँपालिका-१ बस्ने २६ वर्षीय झलकबहादुर द्वाल र बझाङ मष्टा गाउँपालिका-२ बस्ने राजकुमार रोकाया रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०४००१ प ०१०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्