बिस्कुटभित्र ब्राउनसुगर लुकाएर जेलभित्र छोरालाई दिने महिला पक्राउ



धनगढी ।

कैलाली कारागारभित्र ब्राउनसुगर पुगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका(३ मिलन चोककी ५० वर्षीया कमलादेवी अवस्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला कारागार कैलालीमा लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका आफ्ना २१ वर्षीय छोरा ओमप्रकाश अवस्थीलाई भेट्न आएकी उनले बिस्कुटभित्र लुकाएर लागुऔषध ब्राउन सुगर ल्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ल्याएको सामान चेकजाँच गर्ने क्रममा बिस्कुटभित्र ५ ग्राम ४० मिलिग्राम ९ब्राउन सुगर० फेला पारी बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिप्रका कैलालीमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्