भक्तपुरमा स्कुटर चोरीमा संलग्न ३ जना प्रहरीको नियन्त्रणमा



भक्तपुर ।

स्कुटर चोरीमा संलग्न  ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। खोटाङ दिक्तेल डाँडागाँउ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भक्तपुर नगरपालिका-१० कमलबिनायक पाईपलाईनस्थित पार्किङ गरी राखिएको बा.८१ प ८७६६ नम्बरको स्कुटर चोरी भएको हाे  ।

उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्