कैलालीमा एक जनाको शव फेला



धनगढी ।

कैलालीमा एक जना जंगलमा मृत फेला परेका छन् । शुक्रबार जिल्ला लम्कीचुहा नगरपालिका–४ का ५२ वर्षीय भिगुराम चौधरी मृत फेला परेका हुन् ।

शुक्रबार विहान ४० वर्षीय रामदयाल थारु, ४० वर्षीय भागीराम थारु, ५५ वर्षीय केशबहादुर थारु, ५२ वर्षीय भिगुराम चौधरीसहित चार जना दाउरा काटन पुर्णीमा सामुदायिक वनमा गएका थिए ।

भिगुराम चौधरी घर नफर्केको खबर आज प्रहरीलाई प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले भिगुरामलाई पुर्णीमा सामुदायिक वनमा मृत अवस्था फेला पारेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्