पोखरीमा डुवेर दुई बालकको मृत्यु



नवलपरासी ।

पूर्वी नवलपरासीमा शुक्रबार बेलुका नहरमा डुवेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट ४ निवासी १३ वर्षका प्रतिक परियार र वर्ष १५ का प्रविन श्रेष्ठ रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

स्थानीय गैडाकोट ३ तात्रिबासस्थित सिंचाई पोखरीमा पौडिदै गरेका उनीहरूको डुवेर मृत्यु भएको बताएको छ । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि चितवन पठाईएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पौडेलले जानकारी दिए।

पूर्वी नवलपरासीमा पछिल्लो ३ साता यता गैडाकोटमा ४, मध्यबिन्दुमा ३ र बिनयी त्रिवेणीमा १ गरि ८ जना बालक तथा बयस्कको पौडि खेल्ने क्रममा पानीमा डुवेर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्