काभ्रेमा बोलेरो दुर्घटना, चार जना घाइते



काभ्रे ।

काभ्रेपलाञ्चोकको बेथानचोक ४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

गाडीमा चालकसहित चार जना सवार रहेकोमा सबै घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।  घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्