गोदावरीमा एमालेद्वारा नगरसभा बहिष्कार


धनगढी ।

कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २२ करोड बराबरको बजेट ल्याएको छ। शुक्रबारको दशौं नगरसभाबाट पालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो।

जसमा चालुतर्फ ७६ करोड २८ लाख ६२ हजार र र पँजीगततर्फ ४६ करोड ६६ लाख ८ हजारको बजेट सार्वजनिक गरिएको छ। खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १८ करोड ४२ लाख, संघीय राजश्व बाँडफाँडबाट १७ करोड १ लाख ९२ हजार, संघीय सशर्त अनुदानबाट ३७ करोड ५२ लाख प्राप्त हुने अनुमान गरिएको छ।

संघीय विशेष अनुदानबाट ३ करोड, संघीय समपुरक अनुदानबाट ८० लाख, प्रदेश वित्तीय समानीकरणबाट एक करोड ६९ लाख ४३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ६३ लाख ३० हजार, स्थानीय राजश्वबाट ६ करोड ५६ लाख १५ हजार, आन्तरिक स्रोतबाट १२ करोड ५४ लाख ९० हजार, संञ्चित कोष बैंक मौज्दातबाट २४ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

यसैबीच नेकपा एमालेले भने नगरसभा बहिष्कार गरेको छ। एमालेबाट निर्वाचित भएका जनप्रतिधिले दशौँ नगरसभाको उदघाटन सत्र बहिष्कार गरेका हुन्। नगरसभा शुरु हुने बित्तिकै उनुहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। मेयर बिरेन्द्र भट्टले बजेट निर्माणमा उपेक्षा गरेको भन्दै जनप्रतिनिधिले सभा बहिष्कार गरेका हुन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।