प्रहरी चौकीभित्रै असई यादवले वडा सदस्यलाई कुटेपछि…



काठमाडौं ।

बारामा शान्ति सुरक्षाको लागि प्रहरी चौकी पुगेका एक वडा सदस्यलाई प्रहरी चौकी इन्चार्जले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर २३ का वडा सदस्य राजेश साहलाई अस्थायी प्रहरी पोस्ट शिक्षा गंगापुरका प्रमुख प्रहरी सहायक निरीक्षक बिरेन्द्र यादवले कुटपिट गरेका घटना सार्वजनिक भएको हो।

प्रहरी चौकी पुगेका वडा सदस्यलाई बिना कारण कुटने प्रहरी सहायक निरीक्षक यादवलाई कारबाही गर्न बिहिबार प्रदेश सभा सदस्य महम्द समिर, कलैया उपमहानगरपालिका प्रमुख बिनोद साह नेतृत्वको टोलीले बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीसँग माग गरेका छन।

यादवले प्रहरीको एआईजी मिरा चौधरी भएसम्म आफूलाई केहि गर्न सक्दैन भन्दै धम्की दिएको पनि पीडित शाहले बताए। यता बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले अस्थाई प्रहरी पोष्ट शिक्षा गंगापुरका असई बिरेन्द्र यादवले वडा सदस्य राजेश साह र प्रहरी जवानलाई कुटपिट गरेको घटनाको छानबिन सुरु गरिसकेको छ  ।

प्रतिक्रिया दिनुहोस्