नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता



काठमाडौं ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सम्झौता भएको छ । नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने सम्झौता भएको हो ।

साथै, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पुँजीको उपलब्धताजस्ता सहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ । सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्