सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बुधबारबाट लिलामी बिक्री खुला गरेको छ । जसमा सूर्योदय वोमीको १ लाख ६ हजार ९०० र महुलीको ५ हजार १८३ कित्ता सेयर रहेको छ ।

लगानीकर्ताले सूर्योदय वोमीको सेयरमा न्यूनतम २१७ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम २७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । दुवै कम्पनीको लिलामी आवेदन एनआईसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।