मकवानपुरमा कार दुर्घटना, एक जनाको मृत्यु


काठमाडौं।

मकवानपुरमा आज दिउँसो कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ गंगटेस्थित कान्ति लोकपथमा भएको दुर्घटनामा हेटौँडा–३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको हो ।

बी.ए.सी ०५३७ नम्बरको कार अनियन्त्रित भएर सडकदेखि अन्दाजी तीन सय मिटर तल खोँचमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

लामाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा भीमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षका राजकुमार बल घाइते भएका छन् । उनको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।