कैलालीमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ



धनगढी ।

कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ ।

गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका छन् ।

उनीहरूलाई सरकारी गाडी तोडफोड गरेको आरोपमा मालाखेतीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाकेको गाडी तोडफोड गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्