करेन्ट लागेर सिरहामा युवकको मृत्यु



सिरहा।

सिरहामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनगढीमाई नगरपालिका ५ का ३५ वर्षीय शिव नारायण कामतको करेन्ट लागेर मृत्यु भएको हो ।

छत ढलानको क्रममा भ्याभरेटर मेसिनबाट करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी भोलाराज भट्टले जानकारी दिए ।

मृतक कामैत धनगढीमाई नगरपालिका ५ का वडा अध्यक्ष रामजतन कामैतका छोरा हुन् । मृतको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्