कालीगण्डकीमा किशोरीको शव फेला


पाल्पा।

कालीगण्डकी नदीमा बिहीबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता किशोरीको आज शव फेला परेको छ । गर्मीले नदीमा नुहाउने क्रममा रामपुर नगरपालिका–८, भुजातघाटमा नुहाउने क्रममा बेपत्ता १४ वर्षीया पार्वती राम्जालीमगर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

राम्जालीको शव रामपुर नगरपालिका–८ कै आँपचौरस्थित कालीगण्डकी नदीमा डुबेको अवस्थामा भेटिएको हो । पौडी खेलेको स्थानदेखि करिब एक किलोमिटर तल्लो भागमा उनको शव भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।