चार दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक बसेको छ । उक्त बैठक आज (आइतबार) विहान १० बजेदेखि बसेको हो ।

बैठकमा प्रमुख सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासहितको संयुक्त बैठक बसेको छ ।

समाजवादी मोर्चा गठनबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई समाजवादी मोर्चामा समेट्ने विषयमा भने छलफल भइरहेको बताइएको छ ।

उक्त मोर्चा गठन पश्चात् केही दिनमै एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गर्ने माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रतिक्रिया दिनुहोस्