स्याङ्जाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु



स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–१०, बर्जामा सवारी दुर्घटना हुँदा चापाकोट नगरपालिका-४ दार्सिङ घर भई हाल पुतलीबजारमा बस्दै आएका ६० वर्षीय गिरीको मृत्यु भएको हो ।

गएराति बालिङबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो पुतलीबजार नगरपालिका(१० बर्जामा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ । पूर्ण रुपमा क्षति भएको स्कारपियोले गिरीलाई च्यापेको अवस्थामा स्थानीयहरुले उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्